मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Sunday, 02 February, 2025
कमल खत्री म्याग्दी
२o८१ माघ २० आइतबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार १८:२७:oo

सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुखसहित पाँचजना पक्राउ परेका छन्। बेनी नगरपालिका– ८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापासहित सहकारीका पाँचजनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार पक्राउ गरेको हो।

थापासहित सहकारीका तत्कालीन व्यवस्थापक तथा सञ्चालक समितिमा रहेका मनप्रसाद थजाली, थमबहादुर गर्बुजा, रुद्रबहादुर गुरुङ, देवीकुमारी थापालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

सहकारी रजिस्ट्रार कार्यालय पोखराले गरेको छानबिनको क्रममा उक्त सहकारीका बचतकर्ताहरूको रकम दुरुपयोग गरेको भेटिएको र आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएपछि जिल्ला जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। 

सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा एमालेका नेतासमेत रहेका जिसस प्रमुख थापासहितको समूहले उक्त सहकारीको बचत रकम निजी विद्यालय, घरजग्गा खरिदलगायतमा दुरुपयोग गरेको जनाइएको छ।