कञ्चनपुरकाे भीमदत्त नगरका कांग्रेस सभापति अच्युतराज कलौनी मृत फेला परेका छन । शनिबार बिहान ८ बजेतिर भीमदत्त नगरपालिका-१८ कटान मामाभान्जा चोक क्षेत्रमा कांग्रेस नगर सभापति कलौनी मृत्य फेला परेका हुन् ।
बैजनाथ माध्यामिक विद्यालयका अध्यक्ष समेत रहेका कांग्रेसका नगर सभापति कलौनी सडक पेटीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान अघि बढाएको जानकारी दिएका छन् । घरपरिवारदेखि कांग्रेस नेता कार्यकर्ताहरुले घटना रहस्यमयी भएकाले छानबिनकाे माग अघि सारेका छन् । घटनास्थलमा अहिले भिडभाड बढिरहेको छ ।