Skip This
महाकुम्भ मेलाबाट फर्किँदै गरेका  एकै परिवारका पाँच नेपालीको दुर्घटनामा मृत्यु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १९ शनिबार
  • Saturday, 01 February, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८१ माघ १९ शनिबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकुम्भ मेलाबाट फर्किँदै गरेका  एकै परिवारका पाँच नेपालीको दुर्घटनामा मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ माघ १९ शनिबार २o:oo:oo

भारतको प्रयागराजमा महाकुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेको एक परिवारका ५ जना नेपाली परिवारको दुर्घटनामा मृत्यु भएको छ । महाकुम्भबाट बिआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियोमा महोत्तरीको मनराकट्टी घर फर्किने क्रममा भारत विहारको मुजफ्फरपुर नजिकै हाइवेमा दुर्घटना भएको हो ।

उक्त घटनामा महोत्तरीको मनराकट्टीका ट्राफिक प्रहरी जवान मनोहर झाका परिवारका ५ जनाको मृत्यु भएको छ । जवान झासहित ४ जना घाइते भएका छन् । प्रहरी जवान ट्राफिक प्रहरी कार्यालय सिराहामा कार्यरत रहेका छन्। 
भारतीय मिडिया दैनिक भाष्करका अनुसार मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र जिपचालकको मृत्यु भएको हो । 

दुर्घटनामा मनोहर झा, कामिनी झा, सृष्टि ठाकुर, नेपाल प्रहरीका जवान मनोज यादव र एकजना नाम नखुलेका व्यक्ति गम्भीर घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियोले एक मोटरसाइकलचालकलाई बचाउन खोज्दा अनियन्त्रित भई पल्टेको थियो। 

घाइतेलाई मुजफ्फरपुरको एसकेएमसिएच (श्रीकृष्ण मेडिकल कलेज एन्ड हस्पिटल)मा उपचारका लागि भर्ना गरिएको छ। घाइते कामिनी झाले दिएको जानकारी अनुसार उनीहरू प्रयागराजमा महाकुम्भ स्नान सकेर अयोध्या र वाराणसीको धार्मिक यात्रा पनि सम्पन्न गरी घर फर्किंदै थिए ।

मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यका अनुसार घटनाको जानकारी पाएलगत्तै महोत्तरी प्रहरी प्रमुख उप्रहरी उपरीक्षक नकुल पोखरेलले भारतीय प्रहरीसँग समन्वय गरी घटनाको जानकारी लिई उद्धारका लागि पहल गरिरहेको बताए।