खेतीयोग्य जमिनमध्ये अझै २३ हजार दुई सय २६ हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्न नसकेको कृषि ज्ञानकेन्द्रको भनाइ
सल्यानमा कुल खेतीयोग्य जमिन ४५ हजार पाँच सय ६७ हेक्टर रहेको छ । त्यसमध्ये ३८ हजार नौ सय २६ हेक्टरमा खेती भइरहेको छ भने ६ हजार ६ सय ४२ हेक्टर खेतीयोग्य जमिन बाँझै छ ।
जिल्लामा सात हजार नौ सय ९७ हेक्टर जमिनमा बाह्रै महिना र सात हजार सात सय तीन हेक्टरमा मौसमी रूपमा मात्र सिँचाइ पुगेको कृषि ज्ञानकेन्द्र, सल्यानले जनाएको छ ।
जिल्लामा खेतीयोग्य जमिनमध्ये अझै २३ हजार दुई सय २६ हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्न नसकेको कार्यालयका निमित्त प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यस वर्ष एक सय ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्यसहित सात करोड २४ लाख रुपैयाँमा ८८ वटा सिँचाइ योजना सञ्चालनमा रहेका छन् ।
सिँचाइ सुविधा नभएका कारण धेरैजसो किसानले आकासे पानीका भरमा वर्षायाममा मात्र खेती गर्ने गरेका छन् । भिरालो जमिनमा ओसिलोपन नहुँदा लगाएको सबै अन्नबाली सुक्ने भन्दै हिउँदमा किसानले खेतबारी बाँझै छाड्ने गरेका छन् ।