१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार ०६:५३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाल–भारत संस्कृत सम्मेलन १४ चैतदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार ०६:५३:००

नेपाल–भारतमा संस्कृत भाषाको विकास, यसको प्रयोग तथा संरक्षणका लागि संस्कृत सम्मेलन आयोजना गरिने भएको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपाल, केन्द्रीय संस्कृत विश्वविद्यालय नयाँदिल्ली र इन्डिया फाउन्डेसनको आयोजनामा आगामी १४ चैतदेखि काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको हो । 

अनुसन्धान प्रतिष्ठानले संस्कृत सम्मेलनको तयारीबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सोक्रममा दुवै देशको सांस्कृतिक, आध्यात्मिक र बौद्धिक विकासको अध्ययन गर्न सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ । सम्मेलनका संयोजक डा. प्रेमराज न्यौपानेले भने, ‘सम्मेलन संस्कृत भाषाको जर्गेना, सिकाइ र यसको बृहत्तर विकासका लागि प्रभावकारी हुनेछ ।’ यसअघि ०२४ सालमा पहिलोपटक दाङमा नेपाल–भारत संस्कृत सम्मेलन आयोजना गरिएको थियो ।

त्यो सम्मेलनले नेपालको संस्कृत अध्ययन र यसको विकासको दायरालाई फराकिलो बनाउन भूमिका खेलेको थियो । त्यस्तै ०५१, ०७५ र ०७६ मा पनि काठमाडौंमा सोसम्बन्धी सम्मेलन आयोजना गरिएको थियो । यसपटक १४ देखि १६ चैतसम्म हुने सम्मेलनले नेपालको संस्कृतको गतिविधिलाई भारतमा एवं भारतमा भइरहेको संस्कृत कार्यबारे पनि नेपाललाई परस्परमा बोध गराउन मद्दन गर्ने विश्वास लिइएको छ ।