१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २१:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा खोटाङमा विद्यालय भवन तयार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:४६:oo

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको तीन करोड ६१ लाख रुपैयाँ आर्थिक सहयोगमा खोटाङको रावाबेँसी गाउँपालिकास्थित श्री शारदा माविको विद्यालय र छात्रावास भवन तयार भएको छ। 

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले बिहीबार विद्यालय भवन उद्घाटन गरे। 

भारत सरकारको अनुदान सहयोग दुईतले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको भारतीय राजदूतावासले जनाएको छ। 

यो परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो । नेपाल र भारत सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो। 

कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरू सहभागी थिए। 

श्री शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको हो। कक्षा १ देखि प्लस टू तहसम्म अध्यापन हुने विद्यालयमा हाल ३६५ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। जसमा ५० प्रतिशत छात्रा छन्। 

भारतीय राजदूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। ‘यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा एउटा परियोजना खोटाङमा रहेको छ,’ दूतावासले भनेको छ। 

ad
ad