१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण २९ मंगलबार १७:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण २९ मंगलबार १७:५२:००

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनीत सांसद थिए। ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका हुन्।

उनको विपक्षमा १७ मत पर्‍यो। जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा मतदानमा सहभागी भएनन्।