१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिंगो पार्टीले मलाई उम्मेदवार बनाउने निर्णय गर्‍याे, यसलाई अन्यथा लिन मिल्दैन : सांसद दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३९:oo

सत्तागठबन्धनका तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदानअनुसारको जिम्मेवारीका सन्दर्भमा उम्मेदवारी दिएको बताएका छन्।  

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञाशामा उनले भने, ‘सामान्यतः प्रदेशको सहइन्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलोपटक होइन।’

आफू ०३६ सालदेखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि अरोप लगाएको जनाउँदै उनले भूमिकै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गरे।  

‘त्यसवेला यदि दाजुभाइको नाता लगाउनेले युद्धमा हिँड्दा दाइ हिँडेको छ, परिवारका सबै किन हिँड्नुपर्‍याे भनी किन प्रश्न नगरेको ?’ उम्मेदवार दाहालले प्रश्न गरे। 

त्यसवेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने नेतृत्वलाई लाञ्छना लाग्ने गरेको उनले सुनाए। ‘मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु, सिंगो पार्टीपंक्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसलाई अन्यथा लिन मिल्दैन,’ दाहालले भने। 

ad
ad