मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o फाल्गुण २९ मंगलबार ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तको शाखा प्रमुख सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार ११:४१:oo

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले तीनदिने राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न गरेको छ । देशभरिका दुई सय ८७ शाखाका प्रमुखहरू, प्रदेश प्रमुखहरूलगायत संस्थाको कर्पोरेट कार्यालयका विभागीय प्रमुखहरू, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक समितिका सदस्यसहितको सहभागितामा सम्मेलन भएको हो ।

सम्मेलनमा संस्थाले आमन्त्रित गरेका त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा लघुवित्त विज्ञ डा. भरतसिंह थापाले लघुवित्तले गरिबी न्यूनीकरणमा गरेको योगदान, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अबको लघुवित्तको बाटोबारे प्रस्तुति दिएको जनाइएको छ । त्यस्तै, उत्प्रेरक वक्ता रमण भट्टराईले सम्मेलनमा जीवन, जगत्, काम र जीवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा सहभागीलाई उत्प्रेरित हुने तरिकाले प्रस्तुति दिएको संस्थाले जनाएको छ ।

सम्मेलनमा सहभागी केही शाखा प्रमुखले लघुवित्तमा आफ्नो यात्रा, संघर्ष र सफलताका विषयमा प्रस्तुति दिएको जनाइएको छ । त्यस्तै, संस्था स्थापनाकालदेखि निरन्तर कार्यरत रहेका कर्मचारीलाई संस्थाका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले सम्मान गरेको कम्पनीले जनाएको छ । त्यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका विभिन्न नगरपालिकामा रहेका पाँचवटा आधारभूत विद्यालयका प्रधानाध्यापकलाई कार्यक्रममा आमन्त्रित गरी शैक्षिक तथा मेडिकल सामग्री वितरण गरेको संस्थाको भनाइ छ ।