१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २८ सोमबार १०:११:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप : एपिएफ र चर्च ब्वाइज आज उपाधिका लागि भिड्दै

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २८ सोमबार १०:११:००

छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा आज चर्च ब्वाइज युनाइेटड र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदै छ । दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि उचाल्ने योजनाका प्रतिस्पर्धा गर्ने बताएका छन् । गोल्डकपको फाइनल खेल बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज पहिलो सहभागीमै अन्तिम दुईमा पुगेको हो । एपिएफले छैटौँपटकको प्रयासमा फाइनल स्थान बनाएको हो । बिर्तामोडमा आइतबार भएको प्रिम्याच कन्फरेन्समा चर्च ब्वाइजका कप्तान दीप कार्की र प्रशिक्षक रुवेन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका छन् । एपिएफ टिम म्यानेजर सुशील अधिकारी र कप्तान हरि कार्कीले पनि उपाधि आफूह्रूले जित्ने बताए । 

‘हामी यसपटक उपाधि जित्ने लक्ष्यका साथ आएका छौँ, अघिल्लो खेलमा भएका कमजोरी सुधार हुनेछ,’ एपिएफका कप्तान कार्कीले भने, ‘चर्च ब्वाइजलाई हल्का रूपमा लिनेछैन ।’ एपिएफले उद्घाटन खेलमा संकटालाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । क्वार्टरफाइनलमा एपिएफले सर्लाहीको बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले निराश पारेको थियो । चारपटकको विजेता त्रिभुवन आर्मीलाई सेमिफाइनलमा हराउँदै एपिएफले पहिलोपटक फाइनल स्थान पक्का पारेको हो । 

चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो । क्वार्टरफाइनलमा एनआरटीमाथि १–० को नतिजा निकालेको चर्च ब्वाइजले सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै पहिलोपटक अन्तिम दुई स्थान पक्का गरेको हो । गोल्डकपको विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पाउनेछ ।