१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप : आर्मी सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२४:oo

चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोपटक सहभागिता जनाएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र वसन्त जिम्बाले एक–एक गोल गरेका थिए । यस सिजनको सर्वाधिक सफल क्लब मच्छिन्द्र अग्रता जोगाउन नसक्दा क्वार्टरफाइनलबाटै बाहिरिएको हो । आर्मीले फाइनल प्रवेशका लागि शुक्रबार एपिएफविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आर्मीले लगातार दोस्रोदेखि पाँचौँ संस्करण जितेको थियो । 

खेलको ११औँ मिनेट मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन बिनोङले १–० को अग्रता गोल गरेका थिए । हिसुब थपलियाको पासमा बिनोङले गोल गरेका हुन् । एक महिनाको अन्तरमा मच्छिन्द्रले केपी ओली कप र बागमती गोल्डकप कप उपाधि जितेको थियो । पहिलो हाफमा आर्मीले बराबरी गोल फर्काउने प्रयास जारी राखेको थियो । खेलको ६१औँ मिनेटमा आर्मीले १–१ को बराबरी गोल फर्काएको थियो । 

आर्मीका लागि नवयुगले बराबरी गोल गरेका हुन् । उनले वसन्तको हेडिङमा सहजै गोल गरे । बराबरी गोल हुनुमा मच्छिन्द्रका डिफेन्डरकोे समेत कमजोरी देखिएको थियो । खेलको ८०औँ मिनेटमा आर्मीका वसन्त जिम्बाले २–१ को अग्रता दिलाए । 

ad
ad