१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २७ आइतबार ०६:०७:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : स्वतन्त्रताको आगो

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २७ आइतबार ०६:०७:००

भारतमा ब्रिटिस सरकारको शासन थियो । अंग्रेजको अत्याचारले सर्वत्र आतंक फैलाएको थियो । स्वतन्त्रताका लागि संघर्षको जन्म भर्खरै भएको थियो । बच्चा–बच्चामा स्वतन्त्रताको आगो भड्किएको थियो । भारतीय जनता स्वतन्त्रताका लागि बिस्तारै जुर्मुराउँदै थिए । त्यसवेला चिसो निकै फैलिएको थियो । एकपटक एउटा अंग्रेज पुलिस अफिसरले एउटा निर्दोष भारतीयस“ग अभद्र व्यवहार गरिरहेको थियो ।

ती भारतीयले जतिसुकै आफ्नो बचाउको प्रयास गरे पनि त्यो अंग्रेस अफिसर उनीमाथि लगातार दुव्र्यवहार गरिरहेको थियो । लगभग सात–आठ वर्षको एउटा बालक उसको छेउमा उभिएर यो सब हेरिरहेको थियो । अंग्रेज अफिसरको व्यवहार देख्दा त्यो बालक निकै आक्रोशित भयो । उसले यताउता केही देखेन । उसले तुरुन्तै एउटा ढुंगा टिप्यो र त्यो अंग्रेज पुलिस अफिसरलाई ताकेर प्रहार गर्‍यो । ढुंगो सीधै पुलिस अफिसरको निधारमा लाग्यो । उसलाई गहिरै चोट लाग्यो र उसलाई तत्काल अस्पताल भर्ती गरियो ।

घटनापछि अंग्रेज प्रहरीले निकै दौडधुप गरेर त्यो बालकलाई समातेर ल्यायो । पुलिसको हाकिमले त्यस बालकलाई चिसो रातमा बाहिरै रातभरि नांगो बनाएर राख्ने सजाय दियो र निगरानीका लागि दुईजना चौकीदार नियुक्त गरियो ।चिसोमा कम्बल ओढेर सुतेका चौकीदार न्यानो पाएपछि छिट्टै निदाए ।

आधा रातमा उनीहरूको निद्रा खुल्यो । उनीहरूले हतारहतार त्यो बालकलाई हेरे । त्यतिखेर उनीहरू तिनछक परे । त्यो बालक त त्यस्तो चिसो रातमा पनि उठबस गरेर शरीरबाट खलखल पसिना बगाइरहेको थियो । यस्तो साहसी र निडर बालकको नाम थियो, चन्द्रशेखर आजाद । जसले भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा आफ्नो नाम स्वर्णाक्षरमा अंकित गराए ।