१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o५:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : नर्तकीलाई स्वर्ग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:५७:oo

कुनै एउटा सहरमा एकजना साधु बस्थे । उनी दिनभर आश्रममा आएका भक्तजनलाई उपदेश दिने गर्थे । सोही सहरमा एक नर्तकी पनि बस्थिन् । उनी मानिसका अगाडि नाचेर उनीहरूलाई खुसी पार्ने काम गर्थिन् । 

एक दिन अचानक सहरनजिकको नदीमा भीषण बाढी आयो । बाढीमा परेर धेरैले ज्यान गुमाए । साधु र नर्तकीको पनि मृत्यु भयो । मृत्युपछि दुवै एकसाथ यमलोक पुगे । त्यहाँ उनीहरूको कर्म र त्यसका पछाडि लुकेको भावनाका आधारमा उनीहरूलाई स्वर्ग या नर्क पठाइने घोषणा गरियो । साधु आफूले स्वर्ग जान पाउनेमा विश्वस्त थिए । नर्तकीको मनमा भने यस्तो कुनै भावना थिएन । उनी केवल घोषणाको प्रतीक्षा गरिरहेकी थिइन् । 

एकैछिनमा साधुलाई नर्क र नर्तकीलाई स्वर्ग पठाउने घोषणा भयो । घोषणा सुन्नासाथ साधुले रिसाउँदै यमराजसित प्रश्न गरे– यो कस्तो न्याय हो महाराज ? मैले जीवनभर मानिसहरूलाई असल कर्मका लागि उपदेश दिइरहेँ तैपनि मलाई नर्क पठाइँदै छ । तर, यस नर्तकीले जीवनभर मानिसलाई खुसी पार्न उनीहरूका अगाडि नाचिरही । उसलाई चाहिँ स्वर्ग पठाइँदै छ । यस्तो अन्याय किन ? यमराजले शान्त भावमा उत्तर दिए– हे साधु, यी नर्तकी आफ्नो पेट भर्नका लागि नाच्थिन्, तर नाच्दा जहिल्यै उनको मनमा आफूले आफ्नो कला ईश्वरलाई समर्पित गरिरहेको भाव हुने गथ्र्यो । जब कि तिमी उपदेश दिँदै गर्दा पनि यही सोच्ने गथ्र्यौ, मैले पनि ती नर्तकीको नाच हेर्न पाए हुन्थ्यो नि ! 

यमराजले अगाडि भने– हे साधु, तिमीले मानिसको कर्मभन्दा पनि कर्म गर्नुको पछाडि लुकेको भावनाको बढ्ता महत्व हुन्छ भन्ने ईश्वरको सन्देशलाई जीवनमा बुझ्ने प्रयत्न नै गरेनौ जस्तो छ । त्यसैले तिमीलाई नर्क र यी नर्तकीलाई स्वर्ग दिनु बिल्कुलै न्यायसंगत छ ।

ad
ad