१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २३ बुधबार १७:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारमा जान एकीकृत समाजवादीले राख्यो पाँचबुँदे सरोकार

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक रहे आजै सरकारमा सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २३ बुधबार १७:०९:००

एकीकृत समाजवादीले सरकारमा सहभागिताका लागि प्रधानमन्त्रीसमक्ष चारबुँदे माग अघि सारेको छ । 

आज बसेको केन्द्रीय सचिवालयको पाँच घण्टा लामो बैठकले आफूहरूले अघि सारेका चारबुँदे मागको उचित सम्बोधन भए मात्र सरकारमा जाने निर्णय लिएको छ । 

एकीकृत समाजवादीले देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने, राष्ट्रहितको रक्षा र संवर्द्धन गर्ने, भ्रष्टाचारको अन्त्य र सुशासन कायम गराउने, महँगी नियन्त्रणलगायत जनताका समस्याहरूको समाधान गर्ने र सन्तुलित परराष्ट्र नीति कायम गर्ने विषयमा प्रधानमन्त्रीको स्पष्ट धारणा माग गर्न लागेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ । तीन नेताहरू प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटारतर्फ लागिसकेका छन् ।