१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २३ बुधबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २३ बुधबार २o:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन उपप्रधानमन्त्रीसहित १६ मन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २३ बुधबार २o:१६:oo

नवनियुक्त उपप्रधानमन्त्रीहरूसहित १६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। तीन मन्त्रीले यसअघि नै शपथ लिइसकेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई शपथ ग्रहण गराए। उपप्रधानमन्त्रीसँगै महासेठ भौतिक पूर्वाधार, श्रेष्ठ परराष्ट्र र लामिछाने गृहमन्त्रीमा नियुक्त भएका हुन्।

लगत्तै उनले अन्य मन्त्रीहरूलाई पनि शपथ गराएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका १६ जनालाई आज मन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आइतबार उनले तीनजनालाई विनाविभागीय मन्त्री नियुक्त गरी शपथ दिलाएका थिए । 

यस्तो छ, २० सदस्यीय मन्त्रिपरिषद्

 

कुन पार्टीबाट को-को मन्त्री ?
एमालेबाट
 
१) रघुवीर महासेठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार
२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३) हरि उप्रेती, रक्षा
४) भगवती चौधरी, महिला बालबालिका
५) राजेन्द्र राई, खानेपानी
६) दामोदर भण्डारी, उद्योग
७) ज्वालाकुमारी साह, कृषि
८) बलराम अधिकारी, भूमि व्यवस्था

माओवादीबाट
१) नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा परराष्ट्र
२) वर्षमान पुन, अर्थ
३) शक्ति बस्नेत, ऊर्जा
४) रेखा शर्मा, सञ्चार
५) हितबहादुर तामाङ, पर्यटन

रास्वपाबाट
१) रवि लामिछाने, उपप्रधानमन्त्री तथा गृह
२) डिपी अर्याल, श्रम
३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४) सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादीबाट
१) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
२) धनबहादुर बुढा, सहरी विकास