१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
रमेश सुवेदी काठमाडौं
२o८२ जेठ ५ सोमबार १२:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइसिसी महिला टी–२० विश्वकप छनाेट : युएईलाई हराउँदै नेपाल ग्लोबल छनोट

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १२:१६:oo

नेपाल आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको छ । एसिया छनोटअन्तर्गत सुपर– ३ को खेलमा यूएइलाई पाँच विकेटले हराएसँगै नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक उपलब्धी हात पारेको हो।

एसिया छनोटअन्तर्गत थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुगेका हुन्। नेपालसँगको  हारसँगै युएई भने बाहिरिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनको योगफल तयार पारेको थियो । प्रत्युत्तरमा नेपालले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै जित निकाल्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले  अविजित ३० रनको योगदान गरिन्  । यसैगरी रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाए । युएईका लागि  मिसेल बोथ,  सुरक्षा कोटे,  वैष्णभी महेश र कप्तान इशा ओजाले सामना एक विकेट लिए ।
 
यसअघि युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाएका थिए । नेपालका लागि मनीषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए ।

अब, नेपालले सुपर ३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डको सामना गर्नेछ । नेपाल पहिलोपटक ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।