Skip This
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एसका अध्यक्ष नेपालबीच मिलेर अघि बढ्ने समझदारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
प्रेम गौतम काठमाडौं
२o८१ बैशाख २६ बुधबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एसका अध्यक्ष नेपालबीच मिलेर अघि बढ्ने समझदारी

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:४३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मिलेर अगाडि बढ्ने समझदारी भएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको तीन शीर्ष नेताबीचको छलफलमा आगामी दिनमा मिलेर अघि बढ्ने समझदारी भएको हो । छलफल मुख्य गरी एकीकृत समाजवादीले उठाउँदै आएका मागमा केन्द्रित रहेको थियो । 

एकीकृत समाजवादीले केन्द्रदेखि प्रदेशसम्मको शक्ति बाँडफाँट तथा जनसरोकारका विषय उठाउँदै आएको छ । 

छलफलपछि सत्तागठबन्धन दलहरूबीच आठबुँदे सहमतिकोमा त्यसमा एकीकृत समाजवादी पनि थपिने, राष्ट्रिय सभाको अध्यक्षमा सत्तागठबन्धनका उम्मेदवारलाई मत दिने तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति पनि भएको छ । 

एकीकृत समाजवादीको हिजो बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभा निर्वाचनको अध्यक्ष प्रधानमन्त्रीले लिने विश्वासको मतअघि आफ्ना सरोकारमा प्रधानमन्त्रीको विश्वस्त प्रतिबद्धता मागेको थियो । 

ad
ad