१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पित्रका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवनिर्वाचित सांसद नेम्वाङले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:५o:oo

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन्।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिह्न प्रदान गरे। सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए।

यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। 

ad
ad