Skip This
देउवानिवासमा ठाकुर, राउत र चौधरी, वैकल्पिक गठबन्धनको प्रयास
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देउवानिवासमा ठाकुर, राउत र चौधरी, वैकल्पिक गठबन्धनको प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:४६:oo

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले वैकल्पिक गठबन्धन निर्माणको प्रयासलाई निरन्तरता दिँदै मधेशकेन्द्रित तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। 

देउवानिवास बुढानीलकण्ठमा भएको छलफलमा लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता सहभागी छन्। लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँग देउवाले छलफल गरेका हुन्। 

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला पनि सहभागी छन्। छलफल समावेशी लोकतान्त्रिक शक्ति बनाउने विषयमा केन्द्रित रहेको कांग्रेस नेताले बताए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपा, जसपालगायतका दललाई समेटी नयाँ गठबन्धन निर्माण गरेपछि कांग्रेस सभापति देउवा पनि वैकल्पिक गठबन्धनको प्रयासमा छन्। उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत आर्जन गर्न नसक्ने भएकाले अर्को गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरिरहेको नेताहरूले बताएका छन्। 

ad
ad