मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
शिल्पा कर्ण काठमाडाैं
२o८१ माघ २२ मंगलबार o७:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालमा यौन व्यवसायमा लगाउने युगान्डाकी महिलालाई १० वर्ष कैद

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार o७:५५:oo

विदेशीहरू नेपालमा वेश्यावृत्तिका लागि आउनु चिन्ताजनक रहेको जिल्ला अदालत काठमाडौंले जनाएको छ । मानव बेचबिखन (वेश्यावृत्तिमा लगाएको) मुद्दामा जिल्ला न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले यसप्रकारको कार्य हुनु चिन्ताजनक रहेको उल्लेख गरेको छ ।

युगान्डाकी एक महिलालाई नेपालमा ल्याई वेश्यावृत्ति गर्न लगाइएको तथा उनीसँगै उक्त देशका अन्यलाई पनि ल्याइएको विषयमा अदालतले यस्तो फैसला गरेको हो । वेश्यावृत्तिलाई मानव बेचबिखन मानिने नेपालमा खुला रूपमा विदेशी वेश्यावृत्तिका लागि आउनु तथा ल्याइनुले नेपाल वेश्यावृत्तिका लागि सहज भएको सन्देश विदेशमा जाने न्यायाधीश नेपालले फैसलामा उल्लेख गरेका छन् ।

‘नेपालको विद्यमान कानुन र व्यवहारमा देखिएको यसप्रकारको पार्थक्यताबाट अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय ख्यातिको प्रवद्र्धनमा देखा पर्न सक्ने नकारात्मक प्रभाव ठूलो चासो र चिन्ताको विषय हो । यस्ता कार्यलाई निरुत्साहित गर्दै कानुनको पालनामा सम्बन्धित सबै प्रतिबद्ध पनि हुनु अत्यावश्यक पनि छ,’ फैसलामा भनिएको छ । विदेशी नागरिकलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको यो घटना प्रहरीसम्म पहिलोपटक पुगेको हो ।

जिल्ला अदालतले मानव बेचबिखन (वेश्यावृत्तिमा लगाएको) मुद्दामा कसुरदार ठहर गर्दै युगान्डाकी नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । साथै, पीडित युवतीलाई भने ८० हजार क्षतिपूर्ति भराउनसमेत आदेश भएको छ । नतासा १५ फागुन ०७९ मा पक्राउ परी सोही दिनदेखि थुनामा छिन् ।

प्रहरीका अनुसार पीडित युवतीको घरमा सातजना थिए, जसको पालनपोषण उनैले गर्नुपथ्र्यो । राजधानी काम्पालाको मोबाइल पसलमा काम गरिरहेको वेला एक महिलाले दुबई, नेपाल र श्रीलंकाजस्ता देशमा काम लगाइदिने र मासिक पाँच सय डलर कमाइ हुने आश्वासन दिइन् । सैलुन, क्लिनर, वेट्रेसजस्ता जागिर गर्नुपर्ने भनेपछि ती युवती नेपाल आउन तयार भएकी थिइन् । सुरुमा नतासाले नै खर्च गरिदिने, तर कमाएपछि तिर्नुपर्ने प्रलोभन देखाई उनले ती युवतीलाई नेपाल पठाएकी थिइन् ।

नेपालमा आफ्नी बहिनी नतासालाई भेट्न भनेर दुबई हुँदै २८ जनवरी २०२३ मा युवती नेपाल आएकी थिइन् । ठमेलस्थित होटेल जर्नीमा नतासालाई भेटेपछि मात्र उनले आफूलाई वेश्यावृत्तिमा लगाउन ल्याइएको थाहा पाइन् । नतासाले आफूले नेपालबारे धेरै कुरा जानेको, चिनजान भएको र भनेको नमानेमा मारिदिने धम्की दिने गरेकी थिइन् ।

युवतीले प्रहरीलाई बताएअनुसार बिरामी हुँदा औषधिसमेत नदिई दिनहुँ पाँचदेखि सातजनासँग शारीरिक सम्बन्ध राख्न उनलाई बाध्य बनाइने गरेको थियो । पैसा पनि नदिने र उपचार पनि नगराइदिने तथा आफू बसेको होटेल र अन्य होटेलमा गई ग्राहकहरूसँग पठाउने गरेको बयान युवतीले प्रहरीमा दिएकी थिइन् । युगान्डाकै दुई र नेपाली युवतीलाई समेत होटेलमा उनले राखेको प्रहरीलाई बताएकी थिइन् । यद्यपि, अदालतमा भने पीडितले इन्कारी बयान दिँदै आफ्नो परिवारको सुरक्षा गरिदिन आग्रह गरेकी थिइन् ।

आफूले अब काम गर्न सक्दिनँ भनी उपचार माग गरेकोमा आफूलाई निकालिदिएको उनको भनाइ थियो । शिक्षण अस्पतालमा जाँचका क्रममा उनको पाठेघर सुन्निएको भेटिएको थियो । यो मुद्दामा जिल्ला अदालतले गत वर्ष ५ चैतमा फैसला गरेको थियो भने यसै वर्ष ४ वैशाखमा सजाय निर्धारण भएको हो । ‘आफ्नो देश जान्छु भनेर टिकट काटेपछि पनि नतासाले टिकट क्यान्सिल गराइदिएकी रहिछन्, अनि उनी आफ्नो देश जान पाइनन् ।