१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकपको छनोट नेपालमा नभएर अर्कै देशमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:oo:oo

पछिल्लो समय दशरथ रंगशालामा रग्बीदेखि विद्यालयस्तरीय प्रतियोगिता भइरहेका छन्, जसका कारण मैदानमा अन्तर्राष्ट्रिय खेल खेलाउन नमिल्ने एएफसीको ठहर

फिफा विश्वकप, २०२६ अन्तर्गतको एसिया छनोटमा नेपालले बहराइनविरुद्ध आफ्नै घरेलु मैदानमा खेल्नुपर्ने प्रतिस्पर्धा अर्को देशमा खेल्नुपर्ने भएको छ ।  नेपालले ८ चैतमा बहराइनविरुद्ध दशरथ रंगशालामा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलाउन नमिल्ने नभएपछि नेपालले अब १४ चैतमा बहराइनमा खेल्नुपर्ने भएको छ । 

नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको मैदानको अवस्था बिग्रिएपछि नेपालको खेल अर्कै देशमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ति जारी गर्दै जनाएको छ । फिफा विश्वकप, २०२६ र एएफसी एसियन कप, २०२७ को छनोट खेल नहुने भएको हो । पछिल्लो समयमा दशरथ रंगशालामा रग्बी प्रतियोगिता भएको थियो । यसै मैदानमा काठमाडौंका विभिन्न स्कुलका कार्यक्रम भएका थिए । अहिले रंगशालामा केपी ओली कप फुटबल प्रतियोगिता भइरहेको छ । मैदानमा मर्मत–सम्हार नभएपछि अवस्था खराब भएको हो । यसै साता एएफसीका प्रतिनिधिले रंगशालाको अवस्था निरीक्षण गरेका थिए । 

एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई शुक्रबार पत्र पठाउँदै नेपाल र बहराइनबीचको पहिलो लेगका लागि न्युट्रल भेन्यु व्यवस्थापन गर्न भनेको छ । छनोट खेल होम एन्ड अवेका आधारमा हुन्छ । तर, पछिल्लो समय दशरथ रंगशालाको मैदानको अवस्था बिग्रिएपछि त्यहाँ खेल्ने सम्भावना नभएको एएफसीले जनाएको छ ।

एएफसीका पदाधिकारीले रंगशालामा अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन नमिल्ने जनाएका छन् । एन्फाले एसियाली फुटबल महासंघका प्रतिनिधिले मैदानको निरीक्षण गरेपछि त्यसमा सन्तुष्ट नभएको जनाएको छ । अब अर्को भेन्यु छिट्टै घोषणा गर्ने एन्फाले जनाएको छ । यसअघि सन् २०१९ मा दशरथ रंगशालाको पुनर्निर्माण समयमै नसकिँदा नेपालले कुवेतविरुद्धको खेल गुमाएको थियो । सो खेल भुटानमा भएको थियो । एएफसीका प्रतिनिधि मिन्दु दोर्जेले गत सोमबार दशरथ रंगशालाको निरीक्षण गरेका थिए । 

ad
ad