१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण ११ शुक्रबार १६:३१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत पहिलो साता पोखरामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण ११ शुक्रबार १६:३१:००

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड’ कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ।

देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तर्क्रिया गराउने कार्यक्रमको उद्देश्य छ।

गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ। पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन्। यस कार्यक्रमअन्तर्गत चैत १ गते पोखराको हलनचोकदेखि विजयपुर–मझेरीपाटनसम्म साइकल र्‍याली हुनेछ।

चैत २ गते काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी, सुर्खेतलगायत स्थानबाट पोखरा पुग्ने तीन सयभन्दा बढी ‘कर्पोरेट पाहुना’लाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन्।

चैत ३ गते बिहान हिमालयन गल्फ कोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फ सट हानेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ। देशभरबाट पोखरामा भेला भएका करिब एक सय २० कर्पोरेट गल्फका सहभागी चैत २ र ३ गते दुई दिन गल्फ प्रतिस्पर्धामा व्यस्त रहनेछन्।

चैत ३ गते अपराह्न सम्पूर्ण कार्यक्रमको समापन हिमालयन गल्फ कोर्स, मझेरीपाटन, पोखरामा हुनेछ। सो समारोहमा गल्फ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। प्रतियोगितामा ‘होल इन वन’ गर्ने खेलाडीलाई बिवाइडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ।

अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन्। बाह्रखरीले यसअघि पनि पोखरामा यो प्रतियोगिता आयोजना गरेको थियो।