१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २० बिहीबार o८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एनसेल बाह्रखरी गल्फको पाँचौँ शृंखला धरानमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४१:oo

पाँचौँ एनसेल बाह्रखरी गल्फ राष्ट्रिय प्रतियोगिता धरानमा हुने भएको छ । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेका धरान गल्फ क्लबको मैदानमा आगामी १३ र १४ फागुनमा प्रतियोगिता हुन लागेको हो । 

आयोजकका अनुसार गल्फ प्रतियोगितामा देशभरिका करिब एक सय ४० खेलाडीले सहभागी हुनेछन् । धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले धरानमा राष्ट्रियस्तरको गल्फ प्रतियोगिता आयोजना हुनु आफूहरूका लागि अवसर भएको बताए । नेपाल गल्फ एसोसिएसनका महासचिव तथा प्रतियोगिताका निर्देशक दीपक आचार्यले धरानमा आयोजना हुने प्रतियोगिताले कर्पोरेट गल्फ खेलको विकासमा सहयोग पुर्‍याउने बताए । उनका अनुसार प्रतियोगितामा धरान, काठमाडौँ, पोखरा, विराटनगर, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, धनगढीलगायत स्थानबाट कर्पोरेट लिडर र गल्फ खेलाडीले सहभागिता जनाउनेछन् । 

उद्योग संगठन मोरङका अध्यक्ष तथा गल्फ खेलाडी सुयश प्याकुरेलले प्रतियोगितालाई सफल बनाउन सक्दो गर्ने प्रतिबद्धता जनाए । गल्फ खेलाडी तथा युवा उद्यमी निराजन श्रेष्ठले प्रतियोगिताले राजधानीबाहिर पनि व्यावसायिक गल्फ खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने बताए ।

ad
ad