१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २५ बिहीबार ११:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अजाया र युएईको अल अली ग्रुपबीच साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ २५ बिहीबार ११:०८:००

हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारी सुरु गरेका छन् । अजाया ब्रान्डलाई विश्वबजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अली र अजाया नेपालका राकेशकुमार अडुकियाले समझदारीपत्रमा हस्ताक्षर गरेको जनाइएको छ । यो समझदारीले विज्ञता र लगानीलाई एकैठाउँमा ल्याएकाले अजायाले छोटो समयमै विश्वबजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ । त्यस्तै, चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्ने उल्लेख छ । 

समझदारीपछि अजायाका राकेशकुमार अडुकियाले अजाया हिरामा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड रहेको बताए । उनले भने, ‘यसलाई नेपालमा मात्रै नभएर विश्वबजारमै स्थापित गर्ने लक्ष्य छ । अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकैठाउँमा ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्वबजारमा स्थापित हुने अपेक्षा गरेका छौँ ।’

ठूलो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनको भनाइ थियो । निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने उनले बताए । 
अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्त रूप दिन यो समझदारी कोसेढुंगा साबित हुने बताए ।