१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पहिलो बलमै नेपाललाई झड्का, भुर्तेल आउट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५२:oo

एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको सेमिफाइनलमा नेपालले  पहिलो ओभरको पहिलो बलमै एक विकेट गुमाएको छ। पहिलो ओभरको पहिलो बलमै नेपालका ओपनर कुशल भूर्तेल आउट भएका छन्। 

ओमानको अल अमरात क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। नेपाल समूह ‘ए’ को बिजेताका रूपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। 

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो। नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो। 

त्यसैगरी, युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्बोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो। आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदै छ।

ad
ad