१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २ सोमबार ११:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया र युएईको अल अन्सारी एक्सचेन्जबीच साझेदारी

Read Time : < 1 मिनेट
२०८० पौष २ सोमबार ११:४९:००

 संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपालीले नेपालमा सजिलै रकम पठाउन सक्ने व्यवस्था मिलाउने उद्देश्यले एनआइसी एसिया बैंक र अल अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारीसम्बन्धी समझदारी सुरु भएको छ । अल अन्सारी एक्सचेन्जबाट एनआइसी एसिया बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिने व्यवस्था भएको हो । 

समझदारीअनुसार युएईमा बजार विस्तार गरिरहेको उक्त कम्पनीका दुई सय ५० भन्दा बढी शाखा कार्यालय तथा वेबसाइट तथा मोबाइल एपजस्ता डिजिटल च्यानलबाट नेपालमा रकम पठाउन सहज हुने दुवै साझेदारले विश्वास व्यक्त गरेका छन् ।

साझेदारी कार्यान्वयनमा आएपछि भौतिक रूपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रूपमा दरिलो उपस्थिति रहेको उक्त कम्पनीबाट पठाइएको रकम बैंकका सबै प्रकारका कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ । 

बैंकको तीन सय ६० शाखा, एक सय ११ विस्तारित काउन्टर, ५५ शाखारहित बैंकिङ इकाइ र १६ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहजै भुक्तानी लिन सकिने बैंकको भनाइ छ । साथै, यस बैंकको मोबाइल बैंकिङ एपमार्फत रकम खातामा स्थानान्तरण गरी रेमिट्यान्स रकम सहजै बुझ्न सकिने व्यवस्थासमेत रहेको बैंकले जनाएको छ ।