मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २ आइतबार
  • Wednesday, 12 February, 2025
२o८१ बैशाख २ आइतबार ११:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अज्ञात समूहद्वारा एनआइसी एसिया बैंक मुगु शाखामा तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २ आइतबार ११:२१:oo

मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ। गएराति बैंकको मूल ढोका फोडेर  ९ः२१ बजे एकजना व्यक्तिभित्र गएको बैंकको सिसिक्यामारामा देखिएको छ।

उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैंकमा एकजना मात्र सुरक्षाकर्मी भएको र उसकाे ड्युटी राति ८ बजेसम्म मात्र भएकाले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मूल ढोका फोरेको देखिन्छ।

प्रहरीले दिएको जानकारीअनुसार बैंकको ढोका फोरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठीक नभएकोजस्तो देखिने एक युवा भएको र उस्को खोजी भइरहेको छ।

ढोका फोर्ने र जुत्ता, खुकुरी चोर्नेबाहेक अन्य कुनै क्षति नभएकाे प्रहरीले जनाएकाे छ। घटना सम्बन्धमा बैंकका शाखा प्रमुख विश्वराज बुढासँग बुझ्दा उनले बैंकका कर्णाली प्रदेश सूचना अधिकारी अनिल आचार्यसँग बुझ्न आग्रह गरे भने आचार्यसँग बुझ्न फोन गर्दा उनको फोन उठेन।