१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o६:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वेस्ट इन्डिजविरुद्ध नेपालको सानदार प्रदर्शन, कप्तान रोहितको शतकले सिरिजमा अग्रता

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:१३:oo

कप्तान रोहितकुमार पौडेलले शतक बनाएपछि घरेलु मैदानमा नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध ४ विकेटको जित निकाल्यो, सिरिजमा अग्रता 

कप्तान रोहितकुमार पौडेलको सानदार शतक प्रेरित नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो टी–२० खेल चार विकेटले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जित निकालेसँगै नेपालले पाँच खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो खेल आइतबार नै हुनेछ । नेपालको इनिङ्समा कप्तान रोहितले शतक बनाएका हुन् । अन्य खेलाडीले पनि सम्हालिएर खेलेपछि नेपालले रोमाञ्चक जित निकालेको हो । वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले पनि अर्धशतक बनाएका हुन् । 

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले टस हारेर पलिहे ब्याटिङ गर्दै दुई सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा १५ हजारमाथि समर्थकको साथ पाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो । जित र शतकपछि रोहितले खुसियाली मनाएनन् । ‘अन्तिमसम्मै खेल्छु भन्ने थियो । फेरि पपुवा न्युगिनीविरुद्ध शतक बनाउँदा पनि खुसियाली मनाएको थिइनँ । त्यसैले पनि आज शतकको खुसियाली मनाइन्,’ रोहितले खेलपछि भने, ‘ओमानमा राम्रो हुन सकेन । त्यसैले राम्रो गर्छु भन्ने थियो । सोहीअनुसार नतिजा आएको छ । यो इनिङ्समा अन्य खेलमा आत्माबल बढ्छ ।’ 

गत साता ओमानमा भएको एसिसी प्रिमियर कपको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्ससँग पराजित भएपछि नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न अवसर गुमाएको थियो । नेपालको प्रशिक्षक मोन्टी देसाईले पनि रोहितको इनिङ्समा खुसी रहेको प्रतिक्रिया दिएका छन् । ‘रोहितले धेरै राम्रो खेले । यस्तो इनिङ्स पहिलोपटक हेरेको छु ।’ प्रशिक्षक मोन्टीले पहिलो खेलमा अनुभवी आसिफ सेख, सोमपाल कामी र करण केसीलाई बाहिर राख्दै विकेट किपर तथा ब्याटर अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीलाई मौका दिएका थिए । आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरूप वेस्ट इन्डिज पहिलोपटक नेपालमा खेल्न आएको हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० आई विश्वकप उपाधि उचालेको थियो । नेपाल र वेस्ट इन्डिजको सिनियर टोलीबीच गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो ।

रोहितको सम्हालिएको इनिङ्स
नेपालको जितमा कप्तान रोहितले सम्हालिएर उत्कृष्ट प्रदर्शन गरेका हुन् । २.१ बलमा नेपालले एक विकेट गुमाएर १२ रन बनाएको अवस्थामा रोहित क्रिजमा आएका थिए । १८.५ ओभरमा नेपालले एक सय ९२ रन बनाएर ६ विकेट गुमाउँदा रोहित आउट भएका हुन् । रोहितले ५४ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक ११२ रन बनाएका हुन् । त्यसअघि, रोहितले १७.२ ओभरमा ४६ बल खेल्दै १० चौका र पाँच छक्कासहित शतक बनाउन सफल भए । यद्यपि, खेल आइसिसीको मान्यता नहुँदा रोहितको शतकले अन्तर्राष्ट्रिय मान्यता पाउनेछैन । रोहितले २७ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाए । रोहितले अर्धशतक बनाउँदा तीन विकेट गुमाएको नेपालले १०.२ बलमा ९३ रन बनाएको हो । रोहित आउट हुँदा नेपाललाई १३ रन आवश्यकता थियो । क्रिजमा रहेको गुल्सन झा र प्रतिश जिसीले अन्तिम ओभरमा जित दिलाएका हुन् । गुल्सनले ४ बलमा ९ र प्रतिशले २ बलमा पाँच रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २४, कुशल मल्लले १६, कुशल भुर्तेलले १५ रनको योगदान गरेका थिए । ओपनर अनिलकुमार शाह भने पाँच रन बनाएर आउट हुँदा आफूलाई प्रमाणित गर्न सकेनन् । नेपालको इनिङ्समा रोहित र दीपेन्द्रले ३४ बलमा ६४ रनको साझेदारी गरेका थिए । रोहित र कुशल मल्लले ४४ रनको दोस्रो ठूलो साझेदारी गरेका हुन् । वेस्ट इन्डिजका म्याथु फर्ड र ओवेद म्याककोयले समान दुई विकेट हात पारे । 

कप्तान चेजको अर्धशतक
टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजको अर्धशतक बनाए । वेस्ट इन्डिजबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी–२० आई खेलिसकेका चेसले नेपालविरुद्ध ४५ बलमा ९ चौका र दुई छक्कासहित ७४ रन बनाएका हुन् । २५ वर्षीय ओपनर एलिक एथानजीले २५ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए । एलिकले वेस्ट इन्डिजबाट चार टेस्ट, १० एकदिवसीय खेल खेलिसकेका छन् । केयसी कार्टीले २६ बलमा दुई चौका र दुई छक्कासहित ३८ रन बनाए । उनी आउट हुँदा वेस्ट इन्डिज १४.२ ओभरमा ४ विकेट गुमाएर १४६ रनमा खेलिरहेको थियो । तेस्रो नम्बर क्रममा क्रिज आएका आन्द्रे फ्लेचरले ५ बलमा १३ रन बनाइरहेको अवस्थामा रोहितकुमार पौडेल र विकेट किपर अनिलले कुमार शाहबाट रनआउट हुन पुगे । केयसी र चेसबीच ६० तथा चेज र कदिम एलिनीबीच ५७ रनका साझेदारी भएको थियो । कदिमले १४ रन बनाए । नेपालका लागि कमल, रोहित, दीपेन्द्र र अभिनाश बोहराले समान एक विकेट हात पारे । टोलीमा कमब्याक गरेको कमलले तीन ओभरमा एक विकेट लिएर ५३ रन खर्चिए । 

ad
ad