१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १७ बिहीबार १०:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

परिसंघ र नेपाल युएई चेम्बरबीच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १७ बिहीबार १०:१९:००

नेपाल उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने समझदारी गरेका छन् । बुधबार परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल युएई चेम्बरका अध्यक्ष पवनकुमार अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गरे । 

परिसंघका अध्यक्ष अग्रवालले सहकार्यको मुख्य उद्देश्य दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवद्र्धन तथा लगानी सहजीकरण गर्नु रहेको बताए । परिसंघले विदेशी लगानीकर्ता तथा व्यवसायीहरूसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेर विभिन्न द्विदेशीय तथा अन्तर्राष्ट्रिय चेम्बरसँग सहकार्य गर्दै आएको छ । उनले आगामी लगानी सम्मेलनका लागि युएईबाट लगानीकर्तालाई आकर्षित गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

नेपाल युएई चेम्बरका अध्यक्ष अग्रवालले चेम्बरको उद्देश्य चेम्बरसँग जोडिएका उद्योगी व्यवसायीहरूसँग सहकार्य गरी नेपाल र युएईबीच व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्नु रहेको बताए । उनले परिसंघसँगको सहकार्यबाट लगानी प्रवद्र्धन, वस्तु तथा सेवा निर्यातको वातावरण बनाउनुका साथै प्रविधि हस्तान्तरणमा पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे । परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा धेरै सम्भावना भए पनि त्यसलाई पुँजीकरण गर्न नसकिएको बताउँदै त्यसका लागि नेपाललाई ठूलो लगानीको आवश्यकता रहेको औँल्याए । 

नेपालको औद्योगिक तथा व्यावसायिक वृद्धिका लागि लगानीसँगै प्रविधि र सीपको पनि आवश्यकता रहेको बताउँदै उनले युएईबाट एक्स्पर्टिज ल्याउन यस सहकार्यले सहयोग पुर्‍याउने विश्वास रहेको छ ।