मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ पौष ३ बुधबार १४:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जनकपुरले फाइनल पुग्न सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १४:३८:oo

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा पुग्न सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा १० हजारमाथि समर्थकमाझ टस जितेर ब्याटिङ गरेको जनकपुरले आठ विकेट गुमाउँदै एक सय १३९ रन बनायो । 

न्युजिल्यान्डका अनुभवी ब्याटर जेम्स निसमले २३ बलमा समान तीन चौका र छक्कासहित सर्वाधिक ४५ रन बनाए । रनआउट भएका शुभ शंकरले २६, हर्ष ठाकर र लाहिरु मिलान्थाले समान १२, कप्तान आसिफ शेख र अरनिको यादवले समान ११ रनको योगदान गरे । 

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैवले दुई विकेट लिएका हुन् । स्कट कुगुलेइन र अभिनाश बोहराले एक विकेट हात पारे । आज नै भएको इलिमिनेटरमा खेलमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स क्वालिफायर २ मा प्रवेश गरेको छ । यो खेल बिहीबार हुनेछ । यसअघि लिग चरणमा सुदूरपश्चिम पहिलो र जनकपुर दोस्रो हुँदै पहिलो क्वालिफायरमा प्रवेश गरेका थिए ।