मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ पौष ३ बुधबार १६:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १६:१५:oo

जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतक बनाए ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा १० हजारमाथि समर्थकमाझ टस जितेर ब्याटिङ गरेको जनकपुरले आठ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेकाे थियाे । प्रत्युत्तरमा सुदूरपश्चिम १८.३ ओभरमा दुई विकेट गुमाउँदै जित निकाल्यो । सुदूरपश्चिमले प्रतियोगितामा आठ खेल खेल्दा एक खेल मात्रै हार्न पुग्यो ।

आज नै भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स क्वालिफायर २ मा प्रवेश गरेको छ । अब, कर्णाली र जनकपुरबिचको बिहीबार क्वालिफायर २ हुनेछ । यस खेलको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग खेल्नेछन् । यसअघि लिग चरणमा सुदूरपश्चिम पहिलो र जनकपुर दोस्रो हुँदै पहिलो क्वालिफायरमा प्रवेश गरेका थिए ।

सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतक बनाए । उनले ५५ बलमा समान तीन चौका र छक्का बनाएका हुन् ।

यसअघि विनाेदले ४१ बलमा तीन चौका र तीन छक्कासहित अर्धशतक बनाएका थिए । प्रतियोगितामा विनोदको यो पहिलो अर्धशतक हो । समग्रमा यो एनपिएलको २५औँ अर्धशतक हो । विनोदबाहेक ओपनर सैफ जैवले २१ बलमा ३२ रन बनाए । ब्रान्डन म्याकमुलेनले १९ बलमा २५ रनको योगदान गरे । कप्तान दीपेन्द्रसिं ऐरीले १६ बलमा २० रन जोडेका थिए ।

जनकपुरका लागि ललित राजवंशीले दुई तथा किशोर महतोले एक विकेट हात पारे । पहिलो इनिङमा जनकपुरका लागि न्युजिल्यान्डका अनुभवी ब्याटर जेम्स निसमले २३ बलमा समान तीन चौका र छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

रनआउट भएका शुभ शंकरले २६, हर्ष ठाकर र लाहिरु मिलान्थाले समान १२, कप्तान आसिफ शेख र अरनिको यादवले समान ११ रनको योगदान गरे । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैवले दुई विेकट लिएका हुन् । स्कट कुगुलेइन र अभिनाश बोहराले एक विकेट हात पारे ।