मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ३ बुधबार १७:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाँचौँ नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १७:१८:oo

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले विगतका वर्षहरूझैँ यस वर्ष पनि पाँचौँ नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी (5th Nepal PackPrint International Expo) तथा पाँचौँ नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी (5th Nepal Plastech International Expo) यही ५ पुस २०८१ देखि ७ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना गरिने भएकाे छ।

आयोजना हुन गइरहेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहनेछन्। यस आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालभरि रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायलाई एकैठाउँ ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनीको रूपमा विगत ४ वर्षदेखि सेवा पुर्‍याउँदै आएको छ। उक्त प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघसंस्थाका प्रतिनिधि आदिले प्रदर्शनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ।

उक्त प्रदर्शनीमार्फत विभिन्न विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन्। यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह-आयोजकका रूपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रूपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन्।