संसदीय उपसमितिले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा पेस गरेको छ।
उपसमिति संयोजक हृदयराम थानीले समिति सभापति रामहरि खतिवडालाई प्रतिवेदन बुझाएका हुन्। सो क्रममा थानीले उपसमितिको निर्णयलाई दरो खुट्टा टेकेर पास गर्न अनुरोध गरे।
सभापति खतिवडाले दुवै विधेयकको प्रतिवेदन समितिमा राखेर छलफल गरेर अगाडि जाने बताए।