मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Thursday, 19 December, 2024
२o८o माघ २१ आइतबार १७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यवस्था परिवर्तन सम्भव छैन, गठबन्धन सरकार विघटन गरौँ : सचिव भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १७:२४:oo

एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले गठबन्धन सरकारले आफ्ना नेता तथा कर्यकर्ता जोगाउने बहानामा सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, ललितानिवास काण्डका मुद्दालाई निष्क्रिय बनाउँदै लगेको आरोप लगाएका छन्।

सचिव भट्टराईले सरकारको चरम असफलताले व्यवस्था विरोधीलाई फाइदा पुगिरहेको औँल्याउँदै यो गठबन्धन विघटन गरी अनिवार्य अर्को सरकार बनाउन लाग्नुपर्ने बताए। 

ताप्लेजुङ प्रेस चौतारी नेपालले आइतबार फुङलिङमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले व्यवस्था परिवर्तन सम्भव नहुने धारणा राखे। उनले भने, ‘राजतन्त्र नेपालको इतिहास हो। त्यो न भविष्य हो, न वर्तमान।’ 

पृथ्वीनारायण शाहबाहेक नेपालको विकास र समृद्धिका लागि कुनै पनि शाहवंशीय राजाले एकरति पनि योगदान नरहेको उनको दाबी थियो। पृथ्वीनारायणले छरिएर रहेका राज्यलाई एकीकरण गर्दै ब्रिटिस उपनिवेशविरुद्ध लड्ने उच्च साहस गरेका कारण उनको योगदानलाई मान्न सकिने उनको भनाइ थियो। 

उनले इतिहासकै सबैभन्दा भ्रष्ट, आर्थिक धराशायी गराउने, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसक्ने वर्तमान गठबन्धन सरकारका कारण व्यवस्थाविरोधीलाई फाइदा पुर्‍याइरहेको आरोप लगाए।

१५ मिनेटको भाषणमा १० मिनेट जति वर्तमान सरकारविरुद्ध बोलेका भट्टराईले भने, कर्मचारीलाई तलब-भत्ता खुवाउनसमेत डेढ खर्ब आन्तरिक ऋण लिनुपर्ने अवस्थामा देश पुगेकोले वर्तमान सरकारको विकल्प खोज्नु अनिवार्य देखिन्छ। व्यवस्था परिवर्तन सम्भव छैन। व्यवस्थालाई सही रूपले परिचालन गर्न असफल सरकार परिवर्तन गरौँ। गठबन्धनले मिलेर देश तहसनहस बनाए।’