१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १८ बिहीबार १०:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भक्तपुरमा सौर्य सिमेन्टको कन्ट्र्याक्टर मिट

Read Time : < 1 मिनेट
२०८० माघ १८ बिहीबार १०:०६:००

 सौर्य सिमेन्ट र स्काई होल्डिङ बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्र्याक्टर मिट सम्पन्न भएको छ । भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामग्रीको छनोट, बिक्री–वितरण, प्रविधिमैत्री निर्माण सामग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कन्ट्र्याक्टर मिट गरिएको हो । 

कार्यक्रममा सौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परीक्षण प्रविधि, वातावरणमैत्री प्राविधिक जानकारी एवं सौर्य सिमेन्टले गरेका विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्वका कार्यको पनि जानकारी दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतले भक्तपुरका बासिन्दालाई सुपथ मूल्यका साथै सहज रूपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको जानकारी दिएका थिए । कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायी असहज अवस्थामा रहेको र उत्पादक कम्पनीबाट सहजीकरणको अपेक्षा गरेको निर्माण व्यवसायीले व्यक्त गरेका थिए । 

सिराहाको मिर्चैयामा रहेको सौर्य सिमेन्टको उत्पादन क्षमता चार हजार पाँच सय मेट्रिकटन रहेको र दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको जनाइएको छ । हाल कम्पनीले ४३ र ५३ ग्रेडको ओपिसी र पिपिसी सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको जनाएको छ ।