१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दक्षिणी यमनमा अमेरिकी जहाजमा मिसाइल प्रहार : भाग्यले बाँचेका भक्तपुरका धुव्र राउत स्वदेश फर्किँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१५:oo

चालकदलका तीन सदस्यको ज्यान जाने गरी दक्षिणी यमनमा बिहीबार हुथी विद्रोही समूहले मिसाइल आक्रमण गरेको अमेरिकी कार्गो जहाजमा रहेका एक नेपाली भाग्यले बाँचेका छन् । जहाजभित्रै रहेका भक्तपुरका ध्रुव राउत सकुशल फेला परेको र स्वदेश फर्किने तयारीमा रहेको इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले जानकारी दिएका हुन् । 

‘चालकदलका तीन सदस्यको मृत्यु भयो । म गार्डका रूपमा कार्यरत थिएँ, बँचेर फर्किँदै छु,’ उनले टेलिफोनमा भने, ‘अप्रत्याशित रूपमा घटना भएपछि कम्पनीले नै मलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको छ । आइतबार यहाँबाट नेपालतर्फ प्रस्थान गर्दै छु । म सकुशल छु ।’ राउत दुई महिनाअघि मात्रै त्यहाँ गएका थिए ।

 अडेनको खाडीमा टु कन्फिडेन्समा आक्रमण भएको थियो । मृतकमध्ये दुई फिलिपिनो र एक भियतनामी नागरिक छन् । अन्य चारजना घाइते भएको जानकारी अमेरिकी सेन्ट्रल कमान्डले दिएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । हुथी समूहले व्यापारिक जहाजमा आक्रमण गरेको थियो । आक्रमणपछि जहाजमा आगो लागेको थियो ।  

नेपाली राजदूतावास इजिप्टका द्वितीय सचिव दीपक घिमिरेले शनिबार बिहान राउतसँग कुराकानी गरेका थिए । राउतले घिमिरेलाई नेपाल फर्किने उडान टिकटको व्यवस्थाको पर्खाइमा रहेको जानकारी दिएका थिए । उनलाई आवश्यक परेमा सहयोगका लागि राजदूतावास सम्पर्कमा रहेको राजदूत लम्सालले जानकारी दिएका छन् । 

ध्रुव राउतले टेलिफोनमा भने– आक्रमणबाट बचेर फकिँदै छु 
हुथी समूहले त्यहाँ मिसाइल हानिरहेको छ । गल्फ अफ अडेनमा आक्रमणको सिलसिला चलिरहेको छ । म कार्यरत कार्गो पानीजहाजमा पनि मिसाइल हमला भयो । म सुरक्षा गार्डका रूपमा थिएँ । मिसाइल चालकदल (क्रु मेम्बर)हरूलाई लक्षित गरेर हानेको रहेछ । दुई फिलिपिनो र एक भियतनामी नागरिकको मृत्यु भयो । 

त्यो क्षेत्रमा मैले मबाहेक अरू नेपालीलाई देखिनँ । आक्रमणबाट ज्यान बच्न सफल भएपछि कम्पनीसँग कुरा भयो । कम्पनीले नै मलाई स्वदेश जानका लागि आवश्यक सबै व्यवस्था (टिकटलगायत) गरिदियो । दुई महिनाअघि मात्रै गएको थिएँ, फर्केर आउँदै छु । घरमा गएर सरसल्लाह गरेपछि मात्रै फेरि त्यहाँ जागिर गर्न जाने कि नजाने सल्लाह गर्छु । म सुरक्षित रूपमा बसेको छु । सुरक्षित फर्किँदै छु । 

ad
ad