१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १ सोमबार ०९:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सबै बैंकको ब्याजदर एकल अंकमा

Read Time : < 1 मिनेट
२०८० माघ १ सोमबार ०९:००:००

निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले माघदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर औसतमा शून्य दशमलव ८३ प्रतिशत विन्दुले घटाएका हुन् ।

नेपालमा २० वाणिज्य बैंकले पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ८.९९ प्रतिशत ब्याज दिएका थिए भने माघमा ८.१६ प्रतिशतमा झारिएको छ । यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ०.७६ प्रतिशत विन्दुले घटाएर ६.१२ प्रतिशतमा झारिएको छ । निक्षेपको ब्याजदर घटाएसँगै आधारदर पनि घट्ने भएपछि कर्जाको ब्याजदर पनि घट्नेछ । 

तरलता अभाव भएसँगै बैंकहरूले गत आवदेखि ब्याजदर बढाउँदै लगेर दोहोरो अंकमा पुर्‍याएका थिए । तर, अहिले वाणिज्य बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य पुँजी छ । तर, कर्जाको माग बढ्न नसकेपछि माघसम्म आउँदा सबै बैंकको ब्याजदर एकल अंकमा झरेको छ । 

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर घटाएको बताए । ‘अहिले बैंकहरूमा निक्षेप थुप्रिएको छ । तर, कर्जाको माग छैन । त्यसैले ब्याजदर घटाउँदै गएका छौँ,’ उनले भने, ‘ब्याजदर घट्दैमा कर्जाको माग बढ्छ भन्ने छैन ।