१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्सको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५२:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले भर्चुअल क्रेडिट कार्डका लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत सीधै आवेदन दिन सक्नेछन् ।

विनाकुनै कागजात र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकले २० हजारदेखि अढाई लाख रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने बैंकले जनाएको छ । यस्तो कार्ड क्युआर स्क्यान गरी किनमेल गर्नेलगायत प्रयोजनमा प्रयोग गर्न सकिनेछ ।

साथै, यसमा मासिक किस्ता (इएमआई)को सुविधामा ४५ दिनको समयावधिभित्र कर्जा चुक्ता गर्न सकिने बैंकले जनाएको छ। साथै, कुल बक्यौताको १० देखि शतप्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि रहेको बताइएको छ । 

ad
ad