Skip This
डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मञ्जिला डंगोल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ११ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ११ मंगलबार १३:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मञ्जिला डंगोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ११ मंगलबार १३:१५:oo

डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा मञ्जिला डंगोललाई नियुक्त गरिएको छ । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास लिएको एसाेसिएसनले जनाएको छ । 

आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउने क्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरबन्दी सिर्जना गरेको एसाेसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको जनाएको छ।