मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ १ सोमबार o८:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फाको पुनरावेदन कमिटीमा एपिएफको उजुरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १ सोमबार o८:२३:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) अनुशासन कमिटीले थ्री स्टारमाथि गरेको निर्णय चित्त नबुझेपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पुनरावेदन कमिटीमा उजुरी हालेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९/८० अन्तर्गत जावलाखेलविरुद्ध थ्री स्टार क्लबले श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाएको भन्दै एपिएफले एन्फामा उजुरी गरेको थियो ।

सात महिनापछि १५ पुसमा एन्फाले थ्री स्टार दोषी भएको ठहर गर्दै कारबाहीस्वरूप जरिवाना गरेको थियो । एन्फाले १९ पुसमा थ्री स्टारमाथि कारबाही भएको जानकारी गराएको हो । एन्फाले क्लबलाई तीन लाख तथा नाइजेरियन खेलाडीद्वय मार्टिन कयोडे अजयी र पिटर सेगुनलाई जनही ५० हजार जरिवाना गरेको थियो । तर, एन्फाको निर्णय चित्त नबुझेपछि पुनरावेदनमा गएको एपिएफका कोषाध्यक्ष विजयकुमार केसीले बताएका छन् । 

‘फिफा अनुशासन कोड २०२३ को १९औँ बुँदाको नं. १ र २ बमोजिम र २८औँ बुँदाको नं. १ बमोजिम साथै ‘एएफसी अनुशासन तथा नैतिकता कोड, २०१९’ को बुँदा ५६ को १, २ र ३ बमोजिम प्रतियोगितामा खेलाइएको उक्त खेल (जावलाखेल ०–१ थ्री स्टार) लाई नै रद्द गराई दोषी टिमले प्राप्त गरेको अंक घटाउनुपर्नेमा सो नगरी जरिवाना मात्र गरिएकाले यस क्लबलाई गम्भीर मर्का पर्न गएको हुँदा पूर्ण रूपमा नियमको पालना गरिदिन हुन अपिल गर्दछौँ,’ केसीले एन्फालाई बुझाएको पत्रमा भनिएको छ, ‘साथै सहिद स्मारक ए डिभिजन लिगको विद्यमान नतिजासमेत संशोधन गरी सहिद स्मारकजस्तो नेपालकै एक मात्र प्रतिष्ठित र गरिमामय लिग प्रतियोगितामा खेलप्रेमी महानुभाव तथा दर्शकको पनि गम्भीर चासो र सरोकार रहने हुँदा सम्बन्धित सम्पूर्णका लागि उक्त संशोधित नतिजा पुनः प्रकाशन गरिदिन हुन निर्देशानुसार अपिल तथा अनुरोध गर्दछौँ ।’

गत २७ जेठमा भएको जावलाखेलसँगको त्यो खेलपछि थ्री स्टारको शीर्ष डिभिजन हैसियत जोगिएको थियो भने एपिएफ रेलिगेसनमा परेको हो । एपिएफको मागअनुसार सो खेलमा थ्री स्टारलाई ३–० ले पराजित गर्ने हो भने एपिएफ रेलिगेसन पर्नेछैन भने थ्री स्टार रेलिगेसनमा पर्नेछ ।