मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २३ सोमबार
  • Saturday, 14 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २३ सोमबार ११:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

थापाको अध्यक्षतामा आनको नयाँ नेतृत्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २३ सोमबार ११:३७:oo

नेपाल विज्ञापन संघले सुदीप थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको २४औँ वार्षिक साधारणसभाले १४ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

साधारणसभाले कोषाध्यक्षबाहेकका पदाधिकारी सर्वसम्मतबाट चयन गरेको जनाएको छ । कोषाध्यक्ष तथा सातजना सदस्य भने निर्वाचन प्रणालीमार्फत चयन गरेको आनको भनाइ छ ।

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, सचिवमा सन्तोष खड्का र अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएको जनाइएको छ । कोषाध्यक्षमा साजन श्रेष्ठ निर्वाचित भएको आनले जनाएको छ । सदस्यहरूमा रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनीष अधिकारी र प्रभात रिमाल निर्वाचित भएको जनाइएको छ । 

संघका पदाधिकारी तथा सदस्यहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ गरेका छन् । सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र सबै क्षेत्र समेटिएको कार्यसमितिको कार्यकाल तीन वर्ष हुने आनले जनाएको छ ।