१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २२ आइतबार १६:२६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेश आमनिर्वाचन : छिटफुट झडप, एकको मृत्यु

Read Time : < 1 मिनेट
२०८० पौष २२ आइतबार १६:२६:००

बंगलादेशमा आइतबार बिहान सुरु भएको आमनिर्वाचनका क्रममा छिटपुट झडप भएका अधिकारीले बताएका छन्।

आइतबार निर्वाचन भइरहेको समयमा एक व्यक्तिको छुरा प्रहार गरी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

स्वतन्त्र उम्मेदवारका समर्थकले सत्तारूढ अवामी लिगका उम्मेदवारका समर्थकलाई छुरा प्रहार गरी हत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल एक्सप्रेसले जनाएको छ। 
   
मुन्सीगन्जको सदर उपजिल्लाको मिरकादिमको तेन्गोरमा स्थानीय समयअनुसार आइतबार बिहान ९ः४५ मा स्वतन्त्र उम्मेदवारका समर्थकले पीडितमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। 

ढाका ट्रिब्युनका अनुसार चट्टोग्राममा प्रहरी र बिएनपीका सदस्यबीच झडप भएको छ। कम्तीमा केही बिएनपी सदस्यहरूले बन्दरगाह सहरमा ४८ घन्टा लामो हडताल लागू गर्नका लागि जुलुस निकाल्ने प्रयास गरेपछि विवाद सुरु भएको थियो र प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार मुन्सीगन्जका आवामी लिगका समर्थकमाथि मतदान सुरु भएको करिब डेढ घन्टापछि स्थानीय मतदान केन्द्रनजिकै टाउकोको पछाडिको भागमा छुरा प्रहार गरिएको र उनको घटनास्थलमा नै मृत्यु भएको थियो।