Skip This
संशोधनकर्ता सांसदको विरोधपछि कानुन समितिको बैठक स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ८ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ८ आइतबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संशोधनकर्ता सांसदको विरोधपछि कानुन समितिको बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ८ आइतबार १२:५४:oo

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा छलफल गर्न बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ।

संशोधनकर्ता सांसदहरूले सबै संशोधनकर्तासँग एकैपटक छलफल गर्नुपर्ने माग राख्दै विरोध जनाएपछि बैठक रोकिएको हो।

६२ जना सांसदको संशोधन परेकोमा आज छलफलका लागि २० जनालाई बोलाइएको थियो।

उपस्थित संशोधनकर्ता डोरप्रसाद अर्याल, रघुजी पन्त, अमरेशकुमार सिंह, गणेश पराजुलीले सबै संशोधनकर्तालाई एकैपटक छलफल गराउनुपर्ने माग राखेका छन्। यसो हुँदा सबै सांसदको धारणा सुन्न पाइने र कानुन परिपक्व बन्ने जिकिर उनीहरूकाे छ।

उनीहरूको धारणामा समिति सदस्य प्रतीक्षा तिवारी, रमेश लेखक र रञ्जुकुमार झाले पनि सहमति जनाएपछि बैठक रोकिएको हो।

अब १६ पुसमा सबै संशोधनकर्तालाई एकैपटक बोलाएर बैठक बस्ने समिति सभापति विमला सुवेदीले जानकारी दिइन्।