१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

साहसिक पदयात्राका गन्तव्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२२:oo

तासी लाब्चा ट्रेक : ५,७५५ मिटर उचाइमा रहेको तासी लाब्चा पास पुग्न जति चुनौतीपूर्ण छ, यात्रा त्यति नै रोमाञ्चकारी छ । दोलखाको सिमी गाउँ वा सोलुखुम्बुको सल्लेरी लुक्लाबाट पनि यहाँ जान सकिन्छ ।

शेर्पा संस्कृति, च्छो रोल्पा ताल, रोल्वालिङ हिमनदी, अग्ला हिमालहरूको दृश्यावलोकनलगायत यो पदमार्गका विशेषता हुन् । काठमाडौं–चरिकोट हुँदै चेतचेतसम्म बसयात्रा, त्यसपछि सिमी गाउँ, क्यल्चे, दोङगाङ, छिमु, बेडिङ, ना गाउँ, च्छो रोल्पा ताल, रोल्वालिङ ग्लासियर, ठूलो दुंगा, तासी लाब्चा, थाङ्बो, थामे, नाम्चे, मन्जो, फाक्दिङ हुँदै लुक्ला पुगेर फर्कन सकिन्छ । 

लुम्बासुम्बा ट्रेक : ५,१५२ मिटरको यो पदमार्ग ताप्लेजुङबाट सुरु भएर संखुवासभामा सकिन्छ । यात्राको दौरान लिम्बू, तामाङ, राई समुदायको संस्कृतिसँगै कञ्चनजंघा, मकालुलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

काठमाडौंदेखि ताप्लेजुङसम्म बसमार्फत पुग्न सकिन्छ । काठमाडौं–भद्रपुर र भद्रपुर–सुकेटार हवाईमार्गबाट पनि जान सकिन्छ । ताप्लेजुङबाट लेलेपसम्म जिपयात्रा गरेपछि लेलेपबाट पदयात्रा गर्न सकिन्छ । लेलेप, इलाडाँडा, ओलाङचुङगोला, साम्जुङ, लुम्बासुम्बा पास, थुदाम, चेपुवा, चाम्ताङ, हुङगुङ, हटियासम्मको यात्रा गरेर लगभग दुई हप्तामा फर्कन सकिन्छ । 

कोरी पदमार्ग : काठमाडौंबाट पोखरा, सिकलेस हुँदै ‘कोरी ट्रेक’ गर्न सकिन्छ । यस दौरान अन्नपूर्ण, फिस्टेल, गौरीशंकरलगायतका हिमाल नजिकबाट देख्न सकिन्छ । यो पदमार्गमा भेडीगोठ र चौँरीगोठ देख्न पाइन्छ ।

यो आन्तरिक पर्यटकलाई लक्षित गरेर बनाइएको पदमार्ग पनि हो । यहाँ सिकलेसको स्थानीय गुरुङ संस्कृतिलाई पनि नियाल्न सकिन्छ । पहिलो दिन काठमाडौंदेखि सिकलेस, दोस्रो दिन सिकलेसदेखि तर्खाखर्का, तर्खाखर्काबाट कोरी डाँडा पुग्न सकिन्छ । यात्राका लागि जम्मा पाँच दिन समय छुट्याउँदा हुन्छ । 

ad
ad