१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष ५ बिहीबार १५:५०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि नेपाल आर्मीको सहज जित, पुलिस आठ विकेटले पराजित

Read Time : < 1 मिनेट
२०८० पौष ५ बिहीबार १५:५०:००

पर्सामा जारी प्रो क्लब च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा नेपाल आर्मी क्लबले नेपाल पुलिस क्लबमाथि आठ विकेटको सानदार जित हासिल गरेको छ । आर्मीको जितमा साहब आलमको उत्कृष्ट बलिङ प्रदर्शनको योगदान मुख्य रह्यो । 

साहबले चार ओभरमा केवल चार रन दिएर तीन विकेट लिएपछि नेपाल पुलिस १८.४ ओभरमा ५८ रनमै अलआउट भएको थियो । जवाफमा ५९ रनको सहज लक्ष्य आर्मीले सातौँ ओभरको पहिलो बलमा दुई विकेटको क्षतिमा पूरा गर्‍याे । 

आर्मीका लागि रोहितकुमार पौडेलले १४ बलमा अविजित २१ रन बनाए भने ११ बलमा १४ रन बनाएका कप्तान विनोद भण्डारी पनि अविजित रहे । 

ओपनर सन्तोष कार्कीले ११ बलमै २० तथा कुशल मल्लले दुई बलमा दुई रन बनाए । पुलिसका ललित राजवंशी र शेर मल्लले एक–एक विकेट लिए । करण केसी र सागर ढकाल महँगो साबित भए । निकै कम रनको लक्ष्यमा करणले पहिलो ओभरमै १३ रन दिए भने दुई ओभर बलिङ गरेका सागरले १७ रन दिए । 

त्यसअघि करणले नै सर्वाधिक १५ रन बनाएपछि नेपाल पुलिसले अर्धशतक पूरा गरेको थियो । पुलिसका अमित श्रेष्ठले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरा अंक छुन सकेनन् । 

ओपनर अर्जुन साउद ६, दिलीप नाथ एक, कप्तान आरिफ सेख तीन, सुनील धमला दुई, सागर ढकाल एक तथा शेर मल्लले चार रन बनाए । शंकर राना र रसिद खान शून्य रनमा आउट भए ।

आर्मीको तर्फबाट बलिङमा चम्किएका साहबलाई बसिर अहमदले दुई तथा कुशल मल्ल र अविनाश करणले एक–एक विकेट लिए ।