१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख ३१ सोमबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पर्सा ११ ले आर्मीलाई दियो सय रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:२o:oo

प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पर्सा ११ ले त्रिभुवन आर्मीलाई एक सय रनको लक्ष्य दिएको छ।

नारायणी रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको पर्सा ११ ले १९‍.४ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको हो।पर्सा ११ खेलाडी समसाद मन्सुरीले २२ बलमा १७ रन बनाए। यस्तै, अनिल साहले नाै बलमा १५ रन र रूपेश सिंहले नाै बलमा १५ रन जोडे। 

आर्मीका बलर सोमपाल कामीले ३.४ ओभरमा २० रन खर्चिएर चार विकेट लिए भने कुशल मल्लले चार ओभरमा २१ दिएर तीन विकेट पाए। यस्तै, साहब आलमले चार ओभरमा १० रन दिएर दुई विकेट पाए। 

यी दुवै प्रतिस्पर्धीमध्ये जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ। आज दिउँसो १ बजे हुने अर्को सेमिफाइनलमा भारतको वन्डर्स क्लब नोयडासँग नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछ।

ad
ad