१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख ३१ सोमबार १६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पुलिससँग नोयडा ६ विकेटले पराजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:२१:oo

प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबले नोयडालाई ६ विकेटले पराजित गरेको छ।

नारायणी रंगशालामा भएको खेलमा पुलिस क्लबले १२.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

पुलिसका खेलाडी नटआउट सर्वाधिक शंकर राणाले  २३ बलमा ३८ रन बनाए। यस्तै, अर्को खेलाडी रसिद खानले २५ बलमा ३१ रन र दिलीप नाथले १४ बलमा आठ रन जोडे। 

नोयडाका बलर सञ्जीव चतुर्वेदीले तीन ओभरमा सात रन दिएर दुई विकेट लिए। अर्को बलर हर्षित सेठीले  तीन ओभरमा २७ रन दिएर एक विकेट पाए भने दक्ष कुमारले दुई ओभरमा १७ रन दिएर एक विकेट लिए। 

यसअघि पहिले ब्याटिङ गरेको वन्डर क्लब नोयडाले नेपाल पुलिस क्लबलाई ८६ रनको लक्ष्य दिएको थियो। खेलमा नोयडाले २० ओभरमा ६ विकेटको क्षतिमा ८५ रन बनाएको हो।

खेलमा नोयडाका हर्षित सेठीले ४९ बलमा ३५ रन बनाए। यस्तै, तरुण विष्टले १६ बलमा १५ रन र उजैर मल्लिकले १५ बलमा १३ रन जोडे।

पुलिसका बलर ललित राजवंशीले चार ओभरमा १० रन दिएर दुई विकेट पाए भने रसिद खानले चार ओभरमा २१ दिएर दुई विकेट पाए।

यस्तै, शेर मल्ल र सागर ढकालले एक–एक विकेट पाए। शेरले चार ओभरमा १७ रन र सागरले चार ओभरमा १५ रन दिए। प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले प्रतिस्पर्धा गर्दै छन्।

ad
ad