१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख ३१ सोमबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नोयडाले पुलिसलाई दियो ८६ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:११:oo

प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आजको दोस्रो खेलमा वन्डर क्लब नोयडाले नेपाल पुलिस क्लबलाई ८६ रनको लक्ष्य दिएको छ। 

नारायणी रंगशालामा भएको खेलमा नोयडाले २० ओभरमा ६ विकेटको क्षतिमा ८५ रन बनाएको हो। खेलमा नोयडाका हर्षित सेठीले ४९ बलमा ३५ रन बनाए। यस्तै, तरुण विष्टले १६ बलमा १५ रन र उजैर मल्लिकले १५ बलमा १३ रन जोडे। 

पुलिसका बलर ललित राजवंशीले चार ओभरमा १० रन दिएर दुई विकेट पाए भने रसिद खानले चार ओभरमा २१ दिएर दुई विकेट पाए। 

यस्तै, शेर मल्ल र सागर ढकालले एक–एक विकेट पाए। शेरले चार ओभरमा १७ रन र सागरले चार ओभरमा १५ रन दिए।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले प्रतिस्पर्धा गर्दै छन्।
 

ad
ad