मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ४ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ४ बुधबार १५:५८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजार लगातार हरियाली, सात अर्बको कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ४ बुधबार १५:५८:oo

नेप्से सूचक ३५.३९ अंकले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा आइपुगेको छ। बुधबारसम्म आइपुग्दा नेप्से सूचक लगातार हरियाली बनेको हो।

कारोबारमा आएका १३ वटा समूहमध्ये सबैभन्दा धेरै उत्पादनमूलक समूहको ७.१५ प्रतिशतले बढेको छ भने लगानीगत समूहको सूचक ६.९२ प्रतिशतले बढेको हो।

त्यस्तै, ट्रेडिङ समूहको सूचक ६.२० प्रतिशतले बढेको छ। मंगलबार होटेल तथा पर्यटन समूहको सूचक बढेको भए पनि  यस दिन घटेको छ। बजारमा लगानीकर्ताहरूले अघिल्लो दिन बढेको बजारबाट नाफा बुक राख्दै  लगानीकर्ताले अर्को कम्पनीतर्फ लगानी बढाइरहेका छन्। होटेल तथा पर्यटन समूहको सूचक १.८९ प्रतिशतले बढेको छ।
 
बढेको बजारमा १५ वटा कम्पनीको सेयर मूल्यमा  १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। बोटलर नेपाल (बालाजु), हिमालयन डिस्टिलरी, फरवार्ड फाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी कम्पनी, युनाइटेड इदीमर्दी  आरबी हाइड्रो पावर, बलेफी हाइड्रो पावर, बिपिडब्लू लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, श्रीस्टार हाइड्रो पावर, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु  हाइड्रो पावर, सोनापुर मिनरल्स एन्ड आयल, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।

बढेको बजारमा कुमारी धनवृद्धि योजना, नेरुडे लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत्, साइन रेसुङा डेभलपमेन्ट, तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य ३.३९ प्रतिशतले घटेर ३.८२ प्रतिशतले बढेको छ। 

धितोपत्र  र ऋणपत्र गरी कारोबारमा आएका तीन सय ६ कम्पनीको  करिब दुई करोड कित्ता सेयर खरिद–बिक्री हुँदा  सात अर्बमाथिको कारोबार  भएको छ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट, सोल्टी होटेल, सोनापुर मिनरल्स एन्ड आयल, हिमाल दोलखा हाइड्रो पावर कम्पनी र नेपाल इन्फ्रस्ट्रर बैंकको १७ करोड ५४ लाख रुपैयाँदेखि ३७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।