१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ३ मंगलबार
  • Wednesday, 26 June, 2024
२o८o पौष ३ मंगलबार o६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थल पूर्णक्षमतामा चलाउने तयारी गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ३ मंगलबार o६:२o:oo

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सरोकारवालासँग भएको छलफलमा पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई निर्देशन दिए ।

छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताको मर्म र भावनाअनुरूप विमानस्थल पूर्ण रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।  

त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थलको विद्यमान अवस्थाबारे जानकारी गराएका थिए । सहभागी वायुसेवा सञ्चालक तथा पर्यटन व्यवसायीले विमानस्थलमा जहाजको उडान संख्या बढाउन र पर्यटकलाई राहत प्याकेजको व्यवस्था गर्न आग्रह गरेका थिए । विमानस्थलको प्रभावकारी सञ्चालनका लागि संघ र प्रदेश सरकारबीच समन्वय तथा सहजीकरण गर्ने विषयमा मन्त्रालयले प्रतिबद्धता जनाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

छलफलमा नेपाल वायुसेवा निगम, निजी वायुसेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटेल व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य संघका प्रतिनिधिको पनि उपस्थिति थियो ।

ad
ad
ad
ad